कोविड-१९ सङ्क्रमित रोगीहरू निको हुने दर ७८.२८ प्रतिशत पुग्यो

कोविड-१९ सङ्क्रमित रोगीहरू निको हुने दर ७८.२८ प्रतिशत पुगेको छ। गत २४ घण्टामा ७९,२९२ सङ्क्रमित रोगीहरूलाई निको भएपछि अस्पतालहरूबाट छुट्टी दिइएको छ।

स्वास्थ्य मन्त्रालयले भनेको छ, निको हुने रोगीहरूको कुल संख्या ३८,५९,३९९ पुगेको छ। देशमा कुल मामिलामा सक्रिय रोगीहरूको संख्या मात्र २०.०८ प्रतिशत  छ। निको हुने दर लगातार बढिरहेकोले देशमा सक्रिय मामिलामा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘टेस्ट ट्रयाक ट्रीट’ रणनीतिले  निको हुने दर उच्च र मृत्यु हुने दर कम रहेको हो। हाल भारतमा मृत्यु दर १.६४ प्रतिशत रहेको छ।