भारत र चिलीबीच संयुक्त आयोगको पहिलो बैठक सम्पन्न

भारत र चिलीबीच शुक्रवार संयुक्त आयोगको पहिलो बैठक बस्यो र व्यापार तथा वाणिज्य, कृषि, स्वास्थ्य र सामाजिक सुरक्षा, रक्षा र अन्तरिक्ष सहित कैयौँ क्षेत्रमा आफ्ना सम्बन्धहरूलाई नयाँ गति दिनमा सहमति भयो।  भर्चुअल रूपमा आयोजित यस बैठकको सह-अध्यक्षता परराष्ट्र मन्त्री एस. जयशङ्कर र उहाँका चिली समकक्षी एन्ड्रेस अल्लामन्द जवालाले गर्नुभएको थियो।

दुवै पक्षले संयुक्त आयोग भारत-चिली सम्बन्धमा एउटा महत्त्वपूर्व घटना रहेको उल्लेख गरे जस अन्तर्गत विदेश मन्त्री स्तरमा पहिलोपटक दुइ देशबीच संस्थागत संवाद भयो।  चिलीले उसको विदेश नीतिमा भारतलाई प्राथमिकता देशको रूपमा मानिलिने निर्णयको भारतले स्वागत जनायो। चिलीले मुम्बईमा आफ्नो महा वाणिज्य दूतावास पनि खोल्नेछ।

परराष्ट्र मन्त्रीले भारतको आर्थिक पुनरुत्थानका लागि आत्मनिर्भरता र मानव-केन्द्रित वैश्वीकरणको माध्यमले लचीलोपन बढाउनका लागि प्रधान मन्त्री नरेन्द्र मोदीको दृष्टिकोण रेखाङ्कित गर्नुभयो। उहाँले चिलीलाई भारतको नयाँ आर्थिक क्षमताहरू र बढदो बजारको लाभ उठाउनका लागि आमन्त्रित गर्नुभयो।