देवी दुर्गाको पूजा आराधनाका साथ आजदेखि नवरात्र पर्व सुरु

देवी दुर्गाको पुजा आराधनाका साथ आजदेखि नवरात्र अर्थात नवरथा पर्व सुरु भएको छ। नवरात्रिको पहिलो दिन देवी दुर्गालाई शैलपुत्रीको रूपमा पुजा गरिन्छ।

जम्मू कश्मीरमा देवी दुर्गाको पुजा गर्दै आजदेखि धार्मिक उत्साह र उल्लासका साथ नवरात्र सुरु भएको छ। भक्तहरूले मन्दिरमा   पुजा अर्चना गरिरहेका छन्। 

प्रधान मन्त्री नरेन्द्र मोदीले नवरात्रिको शुभ अवसरमा शुभकामना दिनुभएको छ। एक ट्विटमा श्री मोदीले माँ जगदम्बाले सबैका लागि सुख, शान्ति र समृद्धि ल्याउने आशा व्यक्त गर्नुभएको छ।