देशमा डेढ महिनापछि पहिलोपटक  ८ लाख भन्दा कम भयो सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या

स्वास्थ्य मन्त्रालयले भनेको छ, भारतमा कोविड-१९ सङ्क्रमित सक्रिय रोगीहरूको संख्या ८ लाख भन्दा कम भएको छ। डेढ महिनामा पहिलोपटक सङ्क्रमितहरूको संख्या कम भयो। एउटा ट्विटमा मन्त्रालयले भनेको छ, केन्द्रको नेतृत्वमा लक्षित रणनीतिको कारण मृत्यु हुने दरमा तीव्र रूपले कमी भयो र निको हुनेहरूको दर धेरै भएको हो।

यसैबीच, विज्ञान तथा प्रौद्योगिकी मन्त्री ड. हर्षवर्धनले शुक्रवार विज्ञान तथा प्रौद्योगिकी विभागको स्वायत्त संस्थान तथा वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषदका  प्रमुख र निदेशकहरूका साथ कोविड उचित व्यवहार सम्बन्धी एउटा बैठकको अध्यक्षता गर्नुभयो।। ड. हर्षवर्धनले सबै वैज्ञानिकद्वारा गरिएका महान कार्यहरूको सराहना गर्नुभयो र भन्नुभयो, ९ खोपहरू उन्नत चरणमा छन्। उहाँले भन्नुभयो, भारतमा तीन खोपहरू राम्ररी विकसित भइरहेका छन् र तीमध्ये एउटा खोप तेस्रो चरणको परीक्षणमा छ भने दुइ अन्य खोपहरू दोस्रो चरणको परीक्षणमा छन्। उहाँले भारतमा चाँडैनै कोरोनाको खोपको स्वदेशी उत्पादन हुने आशा व्यक्त गर्नुभएको छ।