म्याक्रोँद्वारा फ्रान्समा फेरि लकडाउनको निर्देश

बुधबार राष्ट्रलाई सम्बोधन गर्दै फ्रान्सीसी राष्ट्रपति इमानुएल म्याक्रोँले भन्नुभयो कोभिड-१९ महामारी फेरि पनि तीव्र गतिमा फैलने जोखिम रहेकोले यसलाई रोक्न यो हप्तादेखि फ्रान्समा राष्ट्रव्यापी लकडाउन गरिनेछ। 

उहाँले नयाँ उपायहरूको घोषणा गर्नुभयो जो शुक्रबार अक्टोबर ३० तारिखदेखि लागु हुनेछ। मानिसहरू आ-आफ्ना घरहरूमै बस्नु पर्नेछ। अत्यावश्यक सरसामग्री किन्न, चिकित्सा जाँच गर्न वा हरेक दिन एक घण्टा व्यायाम गर्नको लागि दिइएको समयभरिका लागि मात्र मानिसहरू बाहिर निस्कन पाउनेछ।

कुनै कार्यालयलाई आफ्ना कर्मचारीहरू घरबाट काम गर्न सम्भव छैन कार्यालयबाटै काम गर्नुपर्छ भन्ने लाग्छ भने तिनीहरूलाई कार्यालय जाने अनुमति दिइनेछ (यस्तो छुट मार्चमा गरिएको लकडाउनमा थिएन) र अधिकांश विद्यालयहरू खुल्ला नै रहनेछ भनी म्याक्रोँले आफ्नो सम्बोधनमा भन्नुभयो।

यी नयाँ उपायहरू फ्रान्समा वसन्त ऋतुमा कोभिड-१९ले धेरै संख्यामा मानिसहरू अस्पतालहरूमा भर्ना हुँदा  वा मृत्यु चरममा पुग्दाखेरि लागु गरिएको लकडाउनका उपायहरू जस्तै छन्।