मध्य एसियाली देशहरूका विदेश मन्त्रीहरूले भारतद्वारा क्षेत्रको विकास निम्ति १ अरब डलर ऋण सुविधा प्रदान गरिएकोलाई स्वागत जनाए

मध्य एसियाली देशहरूका विदेश मन्त्रीहरूले भारतद्वारा सो क्षेत्रमा ऊर्जा, आईटी, स्वास्थ्यसेवा, शिक्षा र कृषिसम्बन्धी महत्त्वपूर्ण विकास परियोजनाहरूका लागि १ अरब डलर ऋण सुविधा प्रदान गरिएकोलाई स्वागत जनाएका छन्। भारत-मध्य एसिया संवादको दोस्रो बैठक हिजो परराष्ट्र मन्त्री डा. एस जयशङ्करको अध्यक्षतामा भिडियो कन्फ्रेन्सको माध्यमद्वारा सम्पन्न भयो।

बैठकमा कजाखस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेश मन्त्रीहरू साथै किर्गिजस्तान गणराज्यका प्रथम उप विदेश मन्त्रीले भाग लिनुभयो। बैठकपछि जारी संयुक्त वक्तव्यमा मन्त्रीहरूले कोभिड-१९ महामारी विरुद्धको लडाइँमा भारत र मध्य एसियाली देशहरूका स्वच्छता तथा महामारी अध्ययन सेवाहरूबिच घनिष्ठ सहयोगलाई जारी राख्नुपर्ने खाँचोमाथि जोड दिनुभयो।