अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले चीनले श्रीलङ्कामा खराब सम्झौताहरू र कानुनहीनता ल्याएको भन्नुभयो

संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले भन्नुभएको छ चीनले श्रीलङ्कामा खराब सम्झौताहरू र कानुनहीनता ल्याएको छ। उहाँले चीनमाथि यस्तो ताजा प्रहार हिजो श्रीलङ्काली राष्ट्रपति गोतबाया राजपक्षसित श्रीलङ्काको दक्षिणमा रहेको हिन्द महासगरमा अवस्थित महत्त्वपूर्ण समुद्री मार्गहरूलाई खुल्ला राख्न सुरक्षा सहयोगमाथि कुराकानी गरिसकेपछि गर्नुभएको हो। 

हालसालै क्षेत्रमा चीनको बढ्दो राजनीतिक र सैन्य वर्चस्वको विरुद्धमा सहयोगलाई बलियो पार्ने उद्देश्यले चार चरणको यात्रामा निस्कनुभएको पोम्पियो हिजो भारतबाट श्रीलङ्का पुग्नुभयो।