भारतको  सागर- II  मिशन अन्तर्गत भारतीय नौसेना जहाज ऐरावत पोर्ट मुम्बासा पुग्यो

मानवीय आधारमा चलाइएको भारतको सागर-२ मिशन अन्तर्गत भारतीय नौसैनिक जहाज आईएनएस ऐरावत केन्याको पोर्ट मुम्बासा पुगेको छ। भारतले कोविड-१९ महामारी र अन्य प्राकृतिक प्रकोपहरूको सामना गर्नका लागि मित्र देशहरूलाई सदैव सहायता गर्दै आएको छ र आईएनएस ऐरावत दक्षिणी सूडानका मानिसहरूका लागि खाद्य सहायता लिएर गएको छ।

रक्षा मन्त्रालयको एउटा वक्तव्यमा भनिएको छ, भारत र अफ्रिकी देशहरूबीच मित्रता र भातृत्वको मजबुत सम्बन्ध छ र शताब्दीऔँदेखि सुदृढ रहिआएको छ। वक्तव्यमा यो पनि भनिएको छ कि भारतले सङ्कटको घडीमा अफ्रिकी देशहरूलाई मानवीय सहायता दिएको छ र उनीहरूको विकासमा र क्षमता निर्माणमा पनि सदैव सहयोग गर्दै आएको छ।