भारतले भविष्यका लागि नयाँ र किफायती स्वास्थ्य हेरचाह सुनिश्चित गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछः पीयुष गोयल

वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ, भारतले भविष्यका लागि नयाँ र किफायती स्वास्थ्य हेरचाह सुनिश्चित गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

श्री गोयल हिजो भारतीय उद्योग परिसंघको एसिया हेल्थ २०२० शिखर सम्मेलनलाई सम्बोधित गरिरहनुभएको थियो। श्री गोयलले भन्नुभयो, कम विकसित र गरिब देशहरू सहित सबैलाई किफायती मूल्यमा कोविड-१९ का लागि खोप सुनिश्चित गर्ने महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, कोविड-१९ का लागि खोप खोजी गर्ने यो साझा प्रयासले वास्तवमा सबैलाई एकजुट बनाएको छ। श्री गोयलले भन्नुभयो, हाम्रो देशमा खोप विकसित गर्नका लागि तीव्र गतिले प्रगति भइरहेको छ।