प्रधान मन्त्रीले आजदेखि सुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिनुहुनेछ 

प्रधान मन्त्री नरेन्द्र मोदीले आजदेखि सुरु हुने जी-२० को १५औँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ। सऊदी अरबको अध्यक्षतामा दुइ दिने शिखर सम्मेलनको मुख्य विषय छ, ‘सबैका लागि २१औँ शताब्दीमा अवसर प्रदान गर्नु’। यो शिखर सम्मेलन यो वर्ष जी-२० संगठनका नेताहरूको दोस्रो बैठक हो।

जी-२० शिखर सम्मेलन मुख्य रूपले कोविड-१९ महामारीबाट समावेशी, लचीलो र सतत रूपले सामना गर्नुमा केन्द्रित रहनेछ। सम्मेलनको बेला जी-२० नेताहरूले महामारीको सामना गर्ने तयारी र रोजगारका अवसर र साधनहरूमाथि चर्चा गर्नेछन्।

 इटलीले यो वर्ष पहिलो डिसेम्बरमा जी-२० को अध्यक्षता ग्रहण गरेपछि भारत सऊदी अरबका साथ जी २० ट्रोइकामा प्रवेश गर्नेछ।