कोरोनाभाइरस संक्रमणको मामिला ह्वात्तै बढेपछि मलेसियाद्वारा आपातकालीन स्थितिको घोषणा 

देशको लोक स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने जोखिम उत्पन्न गर्नेगरी कोरोनाभाइरस संक्रमणको मामिला ह्वात्तै बढेको हुनाले आज बिहान लाखौं मलेसियालीहरू लकडाउनमा फेरि फर्कनु केही घण्टापूर्व मलेसियाले आपातकालीन स्थितिको घोषणा गरी संसद र राज्यका विधानसभाहरूलाई स्थगित राखेको छ। 

शाही दरबारबाट जारी एउटा व्यक्तव्यमा भनिएको छ महामारी झन् बढ्दै गइरहेको र यसले लोक स्वास्थ्य प्रणालीमाथि पार्ने दबावलाई ध्यानमा राखेर सोमबार प्रधान मन्त्री मुहयिद्दीन यासीनसँग गरिएको बैठकमा आपातकालीन स्थिति लागु गर्ने प्रस्तावलाई राजाले सहमति दिनुभएको थियो। यो आपातकाल अगष्ट १ तारिखसम्म लागु हुनेछ यद्यपि कोभिड-१९ संक्रमणको मामिलामा कम्ती हुन थालेको खण्डमा यसलाई म्याद नपुगि नै हटाइनेछ भनी सो वक्तव्यमा भनिएको छ।