अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्ट स्थगित गर्ने निर्णय “आपत्तिजनक” छ: एंगेला मर्केल

जर्मन चान्सेलर एंगेला मर्केलको विचारमा विशाल सोसल मीडिया मञ्चहरूको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टलाई स्थगित गर्ने निर्णय आपत्तिजनक छ किनकि यस्ता अनलाइन मञ्चका टाउकेहरूले अभिप्रायको स्वधीनतालाई सही-गलत ठहर गर्ने काम गर्नु उचित होइन। यो कुरा हिजो जर्मन चान्सेलरका प्रवक्ता स्टीफन सेयीबर्टले भन्नुभएको हो।  

उहाँले भन्नुभयो झुट र हिंसालाई प्रोत्साहित गर्ने कुरा पनि उत्तिकै आपत्तिजनक छन् तर त्यस्ता कुरासित निप्टिनका लागि एक कानुनी नियन्त्रक कार्यढाँचा तयार पार्ने दायित्व राज्यको हातमै छोड्नु पर्दछ। 

प्रवक्ताले भन्नुभयो अकाउन्ट बन्द गरी अभिप्रायलाई पूर्ण रूपमा बन्द गर्नु धेरै टाढाको कुरा हो तर हालैका महिनाहरूमा झुटा दाबीहरूको बारेमा सचेत गराउनका लागि सोसल मिडियाले गरेको कारबाहीलाई उहाँ समर्थन पनि गर्नुहुन्छ।