खोप क्रान्ति आरम्भ, ५६.५ लाख खुराक ओसार्न चार एयरलाइन्सले ९ वटा विमान परिचालन गर्ने: हरदीप सिंह पुरी

नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले भन्नुभएको छ नागरिक उड्डयन क्षेत्रले आजदेखि अर्को अविस्मरणीय अभियान थालेको छ। उहाँले भन्नुभयो स्पाइसजेट र गोएयरका दुइवटा विमान पुणेबाट दिल्ली र चेन्नईतर्फ प्रस्थान भएसँगै खोप क्रान्तिको आरम्भ भएको छ। 

एउटा ट्वीटमा मन्त्रीले भन्नुभयो आज एयर इण्डिया, स्पाइसजेट, गोएयर र इण्डिगोले ९ वटा विमानलाई पुणेबाट खोपको ५६.५ लाख खुराक लिएर दिल्ली, चेन्नई, कोलकाता, गुवाहाटी, शिलङ्ग, अहमदाबाद, हैदराबाद, विजयवाडा, भुवनेश्वर, पटना, बैंगलुरू, लखनाऊ र छत्तीसगढ पठाउने छन्।