देशमा कोभिड-१९बाट निको दर बढेर ९६.४९ प्रतिशत पुग्यो

देशमा कोभिड-१९बाट निको हुने दर बढेर ९६.४९ प्रतिशत पुगेको छ। विगत २४ घण्टामा १८ हजारभन्दा बढी कोभिड रोगीहरू निको भए। निको हुने व्यक्तिहरूको कुल संख्या १ करोड १ लाखभन्दा बढी भएको छ। स्वास्थ्य मन्त्रालयले बताएअनुसार भारतको कोभिड-१९बाट निको हुने दर विश्वको उच्च दरहरूमध्ये एक हो। वास्तविक केसलोड कुल पोजिटिभ केसको २.०७ प्रतिशत मात्र रहेको छ। अहिले घडी देशमा कुल संक्रिय मामिला झन्डै २,१६,००० हजारजति रहेको छ।

पछिल्लो २४ घण्टामा १२,५८४ नयाँ मामिला थपिएपछि देशमा पोजिटिभ मामिलाको कुल संख्या १,०४,००,००० (१ करोड ४ लाख) पुगेको छ। मन्त्रालयले बताएअनुसार अहिले भारतमा कोरोनाबाट हुने मृत्युको दर १.४४ प्रतिशत मात्र छ जो विश्वमा सर्वाधिक कम मृत्यु दरहरूमध्ये एक हो।