भारतीय नौसेनाले बृहत तटीय रक्षा अभ्यास Sea Vigil-21-को संयोजन गर्ने

भारतीय नौसेनाले आजदेखि सर्वाधिक ठुलो तटीय रक्षा अभ्यास Sea Vigil-21-को दोस्रो संस्करणको संयोजन गर्नेछ। यस अभ्यासको पहिलो संस्करणको आयोजन जनवरी २०१९ मा  गरिएको थियो। यो दुई दिवसीय द्विवार्षिक भारतव्यापी तटीय रक्षा अभ्यास समग्र ७,५१६ किलोमिटर लामो तटरेखभरि नै हुनेछ। 

यस अभ्यासमा देशको एक्सक्लुसिभ इकोनमिक जोन रहनेछ र अन्य समुद्री सरोकारवालहरूसँगै १३ तटीय राज्य र संघशासित प्रदेशहरू रहनेछन्। यसमा मछुवा र तटवासी समुदायहरू पनि संलग्न हुनेछन्। समग्र तटीय सुरक्षा व्यवस्थालाई  मुम्बईमा भएको २६/११ आतङ्की हमलापश्चात पुनर्गठित गरिएको थियो जुन हमला समुद्री मार्गबाट भएको थियो।

यो अभ्यासको मात्रिक र वैचारिक विस्तार भौगोलिक सिमा एवं यसमा संलग्न सरोकारवालाहरूको संख्याको सन्दर्भमा अपूर्व छ। यो अभ्यासलाई हरेक दुई वर्षमा भारतीय नौसेनाले गर्ने प्रमुख थिएटर-स्तरको अभ्यास TROPEX [Theatre-level Readiness Operational Exercise]  समान बनाउने दिशामा अग्रसर गराइएको छ।