पश्चिम अफ्रिकाको साहेल र चाड झील क्षेत्रमा सुरक्षा स्थितिलाई लिएर भारतद्वारा युएनएससी-मा गम्भीर चिन्ता व्यक्त

भारतले पश्चिम अफ्रिकाको साहेल र चाड झील क्षेत्रमा सुरक्षा स्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै भनेको छ सो क्षेत्रमा आतङ्कवाद, ड्रग तस्करी तथा संगठित अपराध बेरोकटोक अगाडि बढिरहेका छन्।

राष्ट्र संघका निम्ति भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले हिजो न्यु योर्कमा राष्ट्र संघ सुरक्षा परिषदको अधिवेशनमा भन्नुभयो नाइजेरिया र चाड झील क्षेत्रमा बोको हरामद्वारा र पश्चिम अफ्रिकामा इस्लामिक स्टेटद्वारा गरिएका आतङ्की हमलाहरूको पनि भारतले भर्त्सना गर्दछ। उहाँले आतङ्कवाद प्रतिरोधी सहयोगमा घनिष्ठ संयोजन गर्न आह्वान पनि गर्नुभयो र भन्नुभयो अन्तर्राष्ट्रिय समुदायले साहेलमा दुखलाग्दो मानवीय स्थितिसित निप्टिनको निम्ति सुसंगत, संयोजित तथा सहयोगात्मक परिपाटी विकसित गर्ने खाँचो पनि छ।  

भारतले दिगो शान्ति तथा विकास साथै मूलभूत अधिकारहरू रक्षा गर्ने काममा प्रतिबद्ध रहेकोमा पश्चिम अफ्रिकी देशहरू र साहेलको सकारात्मक विकासक्रम र नेतृत्वको तारिफ गऱ्यो।