कोभिड-१९ खोपको दुइवटा खुराक २८ दिनभित्रमा लगाईसक्नु पर्नएछ: सरकार 

सरकारले भनेको छ खोप लगाउने कार्य पुरा गर्न कुनै व्यक्तिले कोभिड-१९ खोपको दुइवटै खुराक २८ दिनभित्रमा लगाईसक्नु पर्छ। कोभिड-१९को सम्बन्धमा घरिघरि सोधिने प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्रालयले भर्खरै दिएको थियो। जवाफमा स्वास्थ्य मन्त्रालयले भनेको छ कोभिड-१९ खोपको दोस्रो खुराक प्राप्त गरेको दुई सातापछि मात्र एन्टीबडीको असर बढेर जानेछ। मन्त्रालयले भनेअनुसार कोभिड-१९को खोप लगाउने कार्य स्वैच्छिक हो। 

यद्यपि मन्त्रालयले यो रोगबाट आफुलाई बचाउनु हो भने कोभिड-१९को दुइवटै खुराक प्राप्त गर्न सुझाव दिएको छ। यसले रोगको फैलावटलाई एक निश्चित परिधिभित्र जस्तै परिवारका सदस्य, मित्र, आफन्तजन र सहकर्मीहरूमा मात्र सिमित बनाईदिनेछ।