पहिलो अप्रिलदेखि नयाँ विदेश व्यापार नीति लागू गरिनेछ

 वाणिज्य तथा उद्योग मन्त्रालयको संसदीय सल्लाहकार समितिको बैठक नयाँ विदेश व्यापार नीति २०२१-२६ विषयमा आयोजना भयो। बैठकको अध्यक्षता वाणिज्य तथा उद्योग राज्य मन्त्री हरदीप सिंह पुरीले गर्नुभयो र बैठकमा संसद सदस्यहरू र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले भाग लिए।

बैठकको बेला नयाँ विदेश व्यापार नीति,एफटीपी पहिलो अप्रिल २०२१ देखि पाँच वर्षको अवधिका लागि लागू गरिने जानकारी दिइयो। यस नीतिले भारतलाई अन्तर्राष्ट्रिय व्यापारको क्षेत्रमा अग्रणी बनाउने प्रयास गर्नेछ र भारतलाई ५ ट्रिलियन डलरको अर्थव्यवस्था बनाउने लक्ष्यका साथ विकास र रोजगारका लागि माल तथा सेवाहरूको निर्यातको माध्यमले प्राप्त सहक्रियाहरूलाई च्यानलाइज गरिनेछ। एफटीपी २०१५-२० पहिलो अप्रिल २०१५-मा लागू भएको थियो र कोभिड-१९ महामारीको कारण यो वर्ष ३१ मार्च सम्म बढाइएको थियो।

वाणिज्य तथा उद्योग मन्त्रालयले एउटा बयानमा भनेको छ, बैठकको बेला यो पनि भनियो कि जिल्ला निर्यात केन्द्र पहल नयाँ एफटीपी-को एउटा महत्त्वपूर्ण घटक बन्नेछ।