देशमा कोभिड-१९ सङ्क्रमितहरू निको दर ९६.५१ प्रतिशत पुग्यो

देशमा कोभिड-१९ सङ्क्रमितहरू निको हुने दरमा सुधार भएर अब ९६.५१ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा देशमा कुल १७ हजार ८१७ कोभिड रोगीहरू निको भए। देशमा निको हुनेहरूको कुल संख्या १ करोड १ लाख २९ हजार पुगेको छ। स्वास्थ्य मन्त्रालयले भनेको छ, देशमा सक्रिय रोगीहरू अहिले मात्र २.०४ प्रतिशत छन्। हाल देशमा सक्रिय रोगीहरूको संख्या २ लाख १४ हजार ५०७ रहेको छ।

पछिल्लो २४ घण्टामा देशमा १५ हजार ९६८ रोगीहरू थपिए। मन्त्रालयले भनेको छ, भारतमा मृत्यु दर १.४४ प्रतिशत छ। पछिल्लो २४ घण्टामा २०२ जनाको मृत्यु भएपछि मृत्यु हुनेहरूको कुल संख्या १ लाख ५१ हजार ५२९ पुगेको छ।