भारतीय नौसेना- भारत र मित्रहरूका लागि एक कल मात्र टाढा

सन् २००४ को समापन र सन् २००५ को सुरुवात विश्वभरि र विशेषगरी एसियामा धेरै जनाका मनमा अमेट छाप भएर बसेका छन्। सन् २००४-मा ठीक ख्रीष्टमसपश्चात बान्दा आचेह नजिक इण्डोनेसियाको तटलाई बिहान ७ बेजर ५९ मिनटमा ९.१ रिक्टर स्केल तीव्रताको भूकम्पले गतिलो झटका दिएको थियो। २० मिनटभित्र नै इण्डोनेसियाका १,००,००० (१ लाख) भन्दा बढी मानिस नाम-निसान नरहनेगरी गायब भएका थिए। लगभग डेढ घण्टा भित्रमा थाइल्याण्डका कतिपय इलाकाहरूमा अनेक घाइते व्यक्ति र शवहरू थुप्रेका थिए। समुद्रका अल्गा छालहरूले अण्डमान तथा निकोबर द्वीपमा ल्याएको  विनाशकारी असरले भारतीय उपमहाद्वीपलाई विशेषगरी आन्ध्रप्रदेश र तमिलनाडुको तटलाई लपेटेको थियो। श्रीलङ्काका केही ठाउँहरूमा केही नरहनेगरी सब थोक बगाएर लगेका थिए। यो सुनामीमा २,३०,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो र भारत सँग-सँगै टाढा दक्षिण हिन्द महासागर एवं दक्षिण अफ्रिकालगायत समग्र दक्षिण-पूर्व र दक्षिण एसियाभरि नै त्यसले विनाशको अमेट छाप छोडेको थियो।

त्यसबेला त्यहाँ भारतीय सशस्त्र बललाई तुरुन्तै पठाइएको थियो। भारतीय नौसेनाले इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो मानवीय सहायता तथा विपदा मोचन अभियानहरू चलाएको थियो। मुख्य भूमिमा अभियान ‘मदद’, अण्डमान तथा निकोबर द्वीपमा अभियान ‘सि वेभ्स’, मालदिभ्समा अभियान ‘क्यास्टर’, श्रीलङ्कामा अभियान ‘रेनबो’ र इण्डोनेसियामा अभियान ‘गम्भीर’ चलाइएको थियो। नौसेनाले सो राहत अभियानमा १९ जहाज र अनेक हेलिकप्टर एवं अचल पङ्खावाला विमान खटाएको थियो। सुनामीपछि चलाइएको राहत अभियानमा भारतीय नौसेनाले धेरै मेहनत गरेको थियो। 

उक्त मानवीय सहायता तथा विपदा मोचन अभियानमा कुन कुरा छोप्पेका छन् भन्ने बुझ्नु पनि जरूरी छ। राष्ट्र संघले यस मानवीय सहायता अभियानलाई एक यस्तो अभियान बताउँदछ जुन अभियान प्राकृतिक वा मानवनिर्मित विपदाले गर्दा राष्ट्रका प्राधिकरणहरूको राहत प्रदान गर्ने क्षमताभन्दा बाहिरका क्षेत्रहरूमा चलाइएको थियो। यसबाट मानवीय सहायता तथा विपदा मोचन अभियान र भारतीय नौसेना एकअर्कासित अपरिचित पट्टकै नरहेको बोध हुन्छ।

यद्यपि सन् २००४-मा सुनामीपश्चात नौसेनाले जुन प्रकारले सहायता पुऱ्याएको थियो त्यसको प्रशंसा भारतीय नौसेनाको मानवीय सहायता तथा विपदा मोचन क्षमताको आधारमा  संसारभरि नै हुन गएको थियो।

भारतभित्रको मात्र कुरा गर्नुपर्दा, भारतीय नौसेना विगत अनेक सालदेखि विशषगरी पानीसित सम्बन्धित दुर्घटनाहरू घट्दा वा बाढी आउँदा राहत एवं उद्धार कार्य गर्ने एक मुख्य योगदानकर्ता रहिआएको छ।  जुलाई २००५ मा ओएनजीसी आयल रिग दुर्घटना हुँदा चलाइएको उद्धार अभियान होस् वा भर्खरै भारतको पश्चिमी तटमा ‘महा’ नामक तुफानको विनाशसित निप्टिनका लागि देखाएको तत्परता, भारतीय नौसेना सधैं भारत र देशका नागरिकलाई मदत गर्न जाहीं पनि पुग्न तयार हुन्छ। हालसालको एक उल्लेखनीय अभियान सन् २०१८-मा चलाइएको अभियान ‘मदद’ हो। त्यसबेला चेरूतोनी बाँधको पानी छोडेपछि अर्नाकुलम र ईदुक्की जिल्लाहरूका कैयौं ठाउँहरू जलमग्न हुँदा र भीषण वर्षाका कारण वायनाड जिल्लाका कम उचाइमा अवस्थित जिमन बाढमा डुब्दा केरलले भारतीय नौसेनालाई सहायताका निम्ति गुहार लगाएको थियो।

भारतीय नौसेना आफ्ना देशका नागरिकहरूले साथै हिन्द महासागर क्षेत्र र त्योभन्दा परका मित्र राष्ट्रहरूका नागरिकहरूले पुकार्दा मदत गर्नका अघि सर्न सधैं सक्रिय रहने गरेको छ। सन् २००६-मा लेबननमा इजरायल र हेजबुल्लाहबिच लडाइँ हुँदा भारतीय नौसेनाले लेबननको राजधानी बेरूटबाट भारतीय नागरिकसमेत श्रीलङ्काली, नेपाली र लेबननी नागरिकलाई उद्धार गर्न एउटा अभियान चलाएको थियो। भारतीय नौसेन्य बलले त्यस अभियानलाई ‘सुकून’ नामकरण गरीकन युद्धग्रसित इलाकाबाट २२८० जनाको उद्धार गरेको थियो।

भारतीय नौसेनाले श्रीलङ्का, बाङ्गलादेश र मोजाम्बिकमा पनि बाढ राहत अभियान चलाएको छ, नजिक र टाढाका छिमेकीहरूकहाँ राहत सामग्री पुऱ्याएको छ साथै सन् २०१५ मा  ‘राहत’ नामक अभियानअन्तर्गत भारतीय एवं विदेशी नागरिकहरूको उद्धार पनि गरेको थियो। उक्त अभियान कुनै एक द्वन्द्वग्रसित इलाकाबाट आम नागरिकको उद्धार गर्ने सर्वाधिक ठुलो अभियान थियो जुन अभियानमा भारतीय नौसेनाका युद्धपोतहरूले १२९१ विदेशी नागरिकलगायत कुल ३,०७४  व्यक्तिहरूको उद्घार गरेका थिए।

कोभिड-१९ महामारीको समयमा पनि भारतीय नौसेनाले विस्थारित छिमेकी मुलुकहरूलाई राहत प्रदान गऱ्यो र ती मुलुकहरूमा फसेका भारतीय नागरिकहरूलाई देश फिर्ता ल्यायो। यस दृष्टिकोणलाई भारतीय नौसेनाको मिशन आधारित तैनाथीको दर्शनले बाटो देखाउने काम गर्छ।

भारतीय नौसेनाले आफुले फतेह हासिल गर्न सक्ने खालको हरेक अभियान र कारबाहीमा एक विश्वसनीय साझेदारको रूपमा क्षेत्रमा पहिलो स्थान ओगट्ने आफ्नो क्षमता निरन्तर प्रदर्शित गर्दै आएको छ।   

यही क्षमता र काम गर्ने शैलीले भारतीय नौसेनालाई हिन्द महासागर क्षेत्र र त्योभन्दा पर अधिकांश राष्ट्रको मनपर्ने सुरक्षा साझेदार बनाएका छन्। जल सेना भारत र आफ्ना मित्र राष्ट्रहरूका लागि एक कल मात्र टाढा छ है भन्ने आधारभूत विचारका साथ आफ्नै नागरिकका लागि मात्र होइन तर छिमेकीहरूका लागि पनि एक व्यवसायिक, संकल्पित, अथक, भरोसायोग्य र चिरस्थायी दलको रूपमा प्रकट भएको छ।

आलेख: इण्डो एसियन न्युज सर्विसका सहायक सम्पादक सुकमीत कुमार सिंह 

अनुवाद: प्रणय सुब्बा