इण्डोनेशियाको सुलावेसीमा शक्तिशाली भूकम्प, कम्तिमा सातको मृत्यु, कैयौँ घाइते

इण्डेनेशियाको सुलावेशी द्वीपमा ६.२ तीव्रताको भूकम्पमा कम्तिमा ७ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन्। भूकम्पमा धेरै भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पको केन्द्र माजेन शहरदेखि ६ किलोमिटर उत्तर-पूर्वमा १० किलोमिटरको गहिराईमा थियो।