दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति पार्क गुन हेलाई जेल सजाय सुनायो

दक्षिण कोरियाको शीर्ष अदालतले घुसखोरी र अन्य अपराधको आरोपमा पूर्व राष्ट्रपति पार्क गुन हेलाई २० वर्षको जेल सजाय सुनाएको छ। यसले ऐतिहासिक भ्रष्टाचारको मुद्दालाई समेट्यो। हिजो सुनाइएको फैसलाले कानूनी प्रक्रिया समाप्त गरिदिएको छ र देशकी प्रथम महिना नेताका समर्थकहरूद्वारा आह्वान गरिएको राष्ट्रपतिको क्षमादानका लागि मार्ग प्रशस्त भएको छ।

२०१३ र २०१६ बीच स्यामसङ्ग सहित देशका केही ठूला व्यापार समूहहरूबाट लाखौँ डलर घुस लिएकोमा पार्क र उहाँको लामो समयदेखिको सहयोगी चोई सून-सिललाई दोषी भेटिएको थियो।