युगान्डमा राष्ट्रपति चुनावको मतगणना जारी

युगान्डामा राष्ट्रपति पदका लागि बिहिवार भएको चुनावको मतगणना जारी छ। वरिष्ठ नेता योवेरी मुसेवेनी र पूर्व पप स्टार वाइनबीच प्रतिस्पर्धा हुँदैछ।

कम्पालामा व्यापक रूपले सेना र पुलिसको उपस्थितिमा मतदान भएको थियो साथै इन्टरनेट पनि बन्द गरिएको थियो।

४८ घण्टाभित्र मत परिणामको घोषणा हुने अनुमान गरिएको छ। १ करोड ७७ लाख मतदाताहरूले मतदानमा भाग लिए। निजी टेलिभिजन च्यानलहरूले मतदान केन्द्रका दृश्यहरू प्रसारण गरिरहेका थिए।