अफगानिस्तानका उप-राष्ट्रपतिले भन्नुभएको छ,  अमेरिकाले तालिबानलाई गम्भीरताले नलिएर भुल गऱ्यो

अफगान उप-राष्ट्रपतिले भन्नुभएको छ, अमेरिकाले तालिबानलाई गम्भीरताले नलिएर  भुल गरेको छ। समाचार च्यानलसँग कुराकानी गर्दै अमरुल्लाह सालेहले भन्नुभएको छ, २० वर्ष भन्दा पहिले सुरु भएको अमेरिकन मिशन अहिलेसम्म पुरा भएको छैन।

पछिल्लो वर्ष राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानका साथ शान्ति सम्झौता गर्नुभएको थियो र अमेरिकी सैनिकहरू घटाउने सहमति भएको थियो। अमेरिकाले अफगानिस्तानाट थप २५०० सैनिकहरू फिर्ता गर्नु बाँकीनै छ।

सैनिकहरूको फिर्तिले अस्थिर मुलुकमा थप हिंसाको जोखिम छ।