अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनद्वारा १.९ ट्रिलियन डलरको कोरोनाभाइरस राहत प्याकेजको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनले १.९ ट्रिलियन डलरको कोरोनाभाइरस आपातकालीन राहत प्याकेजको घोषणा गर्नुभएको छ। यसले बिग्रदो अर्थतन्त्रलाई जोडतोडले उत्थान गर्ने र महामारीले गरेको विनाशलाई भरपाई गर्ने बाइडनको मनसा प्रस्टै झल्काउँदछ। यसको मुख्य उद्देश्य बढ्दो कोभिड-१९ संक्रमणसित लडिरहेका परिवार, व्यवसाय तथा स्थानीय सरकारहरूलाई संघीय मदत प्रदान गर्नु रहेको छ।  

बाइडनको योजनामा अमेरिकाको प्रत्येक परिवारलाई प्रत्यक्ष रकम हस्तान्तरित गर्ने, पाठशालाहरूलाई सुरक्षित ढंगमा खोल्नका लागि आर्थिक मदत गर्ने र एउटा राष्ट्रिय खोप कार्यक्रम सुरु गर्ने कुरा सामेल छन्। बाइडनले जनवरी २० तारिख राष्ट्रपतिको पदभार सम्हालेको पहिलो १०० दिनमा १० करोड खोप लगाइसक्ने लक्ष्य राख्नुभएको छ।