१९औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सत्यजित रेलाई श्रद्धाञ्जली अर्पण गर्ने

१९औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटन १६ जनवरीमा हुनेछ। यो वर्ष बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शत वार्षिकी भएको हुँदा यस पालीको फिल्म महोत्सव उहाँलाई समर्पित गरिएको छ।

बिहीबार ढाकामा एउटा प्रेस सम्मेलनको बेला महोत्सवका निर्देशक अहमद मुजतबा जमालले भन्नुभयो १६ देखि २४ जनवरीसम्म आयोजन हुने ९ दिने फिल्म महोत्सवमा ७३ देशबाट जम्मा २२५ फिल्म देखाइने छन्।
महोत्सवमा विश्वलाई परिवर्तन गरिदिएका नेताहरूमाथि एउटा छुट्टै वर्ग पनि राखिने छ। यो वर्गमा शेख मुजिबुर रहमान, महात्मा गान्धी, लेनीन, यसीर अराफत, फिदेल कास्त्रो लगायत अरू नेताहरूको जीवनी सम्बन्धी फिल्महरू देखाइने छन्।
महोत्सवको श्रद्धाञ्जली खण्ड लोकप्रीय फिल्म निर्माता सत्यजीत रेलाई उहाँको जन्म शत वार्षिकी पालन गर्नका लागि समर्पित गरिने छ। यस खण्डमा सत्यजीत रेद्वारा निर्देशत फिल्महरू; पथर पञ्चली, अपराजितो, जलसाघर, सोनार केला र हिरोक राजार देशे देखाइने छन्।