शान्तितर्फ अघि बढ्ने यात्रामा अफगानिस्तानका जनताप्रति भारतद्वारा एक्यबद्धता प्रकट

भारतले अफगानिस्तानका जनतासित उनीहरू शान्तिको दिशामा अघि बढ्ने यात्रामा सधैं उभिएको हुने बताएको छ। परराष्ट्र मामिला मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भन्नुभयो अफगानिस्तानका मानिसहरू शान्त भविष्य चाहन्छन् त्यसर्थ एक वृहत युद्धविराम सम्झौता चाँडै गर्नाले एक शान्तिमय, समृद्ध तथा प्रगतिशील अफगानिस्तान निर्माण गर्ने अर्थपूर्ण शान्ति प्रक्रियाको जग बस्ने छ।

अफगानिस्तानमा पत्रकारहरूको हत्या भइरहेको सम्बन्धमा सोधिएका प्रश्नहरूको जवाफमा श्री श्रीवास्तवले भन्नुभयो बितेका साताहरूमा पत्रकार र आम नागरिकहरूलाई लक्षित गरी गरिएको हत्याको मुख्य उद्देश्य अभिव्यक्तिको आजादीलाई दमन गर्नु र शान्ति एवं सुशासन सम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूमाथि हुने गरेको छलफललाई रोक्नु हो जो अति नै चिन्ताजनक छ। प्रवक्ताले भन्नुभयो यस्ता हमलाहरू शान्ति प्रक्रियाको आत्मा विपरीत छन् जसलाई तुरुन्तै बन्द गर्नुपर्छ।