नयाँ दिल्लीमा भारत-ओमान सामरिक परामर्श समूहको बैठक सम्पन्न

हिजो नयाँ दिल्लीमा भारत-ओमान सामरिक परामर्श समूहको बैठक सम्पन्न भयो। भारतीय टोलीको नेतृत्व परराष्ट्र मामिला मन्त्रालयमा सचिव (सीपीभी र ओआईए) संजय भट्टाचार्यले गर्नुभयो भने ओमानी टोलीको नेतृत्व विदेश मन्त्रालयको कुटनीतिक मामिलाका उपसचिव शेख खलिफा बिन अल-हार्थीले गर्नुभयो। कोभिड-१९ महामारी सुरु भएयता ओमानको तर्फबाट भारतमा पहिलोचोटी उच्चस्तरीय भ्रमण भएको हो।

दुवै पक्षले कोभिड-१९ महामारीको समयमा एकअर्कासँग लगातार सम्पर्क बनाई राखेकोमा र द्विपक्षीय सामरिक साझेदारितालाई अझ बलियो पार्ने प्रयासलाई दिगो राखेकोमा दुवै पक्षले सन्तोष व्यक्त गरे। महामारीको बेला ओमानमा ठुलो संख्यामा रहेको भारतीय  समुदायलाई असल हेरचाह गरेकोमा श्री भट्टाचार्यले ओमानी टोलीप्रति कृतज्ञता व्यक्त गर्नुभयो। दुई मुलुकबिच एयर बबल व्यवस्था सुचारु रूपमा परिचालन भइरहेकोमा दुवै पक्षले खुशी व्यक्त गरे। महामारीको समयमा भारतले ओमानमा पठाएका खाद्य र मेडिकल सामग्रीको लागि ओमानले कृतज्ञता प्रकट गऱ्यो। भारतले ओमानलाई उसको कोभिड-१९को खोप आवश्यकतालाई पूर्ति गर्नमा मदत गर्ने आश्वासन दियो।