प्रधान मन्त्री नरेन्द्र मोदीले विश्वको सर्वाधिक ठुलो कोभिड-१९को खोप लगाउने कार्यक्रमको उद्घाटन भोली गर्नुहुनेछ 

प्रधान मन्त्री नेरन्द्र मोदीले विश्वको सर्वाधिक ठुलो कोभिड-१९को खोप लगाउने कार्यक्रमको उद्घाटन भोली बिहान भोडियो कन्फ्रेन्समार्फत गर्नुहुनेछ। कोभिड-१९को खोप लगाउने कार्यक्रम भारतभरि नै हुनेछ।

उद्घाटन कार्यक्रममा समग्र राज्य र संघशासित प्रदेशका चुनिएका सहरहरूमा अवस्थित जम्मा ३,००६ केन्द्रहरू पनि भर्चुअल माध्यमद्वारा जोडिने छन्।
खोप प्राथमिकताको सिद्धान्तमा लगाइनेछ त्यसैले पहिलो चरणमा यो खोप सरकारी र निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा आईसीडीएस कर्मचारीलाई लगाईनेछ।
खोप क्रियान्वयन कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा विकसित एक अनलाईन डिजिटल प्लैटफर्म Co-WIN को उपयोग गरिनेछ जसले वास्तविक समयमा खोपको उपलब्धता, भण्डारन तापक्रम र कोभिड-१९को खोप प्रापक व्यक्तिहरूको ट्रयाकिङ हुनेछ।
नागरिक उड्डयन मन्त्रालयको सक्रिय सहयोगमा कोभिडशिल्ड र कोभ्याक्सिन खोपको पर्याप्त खुराक सबै राज्य र संघशासित प्रदेशमा पुऱ्याइएको छ।